Odapalika - The Fourth Estate - चौथो अंग
मेघा किचन चलाउन यी ७ स्थानीय तहले पाए साढे ३ करोड 
फाइल तस्विर

काठमाडौँ । सातवटा प्रदेशका एकएक वटा स्थानीय तहमा मेघा किचन संचालन गर्ने घोषणा गरेको  झण्डै ९ महिनापछि सरकारले यसका लागि बजेट बिनयिोजन गरकेो छ । 

चालु आर्थिक वर्षको बजेट मा अर्थमन्त्रीले सातवटा प्रदेशका एक एक स्थानीय तहका विद्यालयमा मेघा किचन संचालन गर्न बजेट छुट्याएको बताएका थिए । यो घोषणाको झण्डै ९ महिनापछि आज शिक्षा तथा मानव श्रोत विकास केन्द्रले मेघा किचन संचालनका लागि छनौट भएका स्थानीय तहमा ५० लाख रुपैयाका दरले बजेट बिनियोजन गरेको बताएको छ । 

प्रदेशका एक एक स्थानीय तहमा पाइलट प्रोजेक्टका रुपमा प्रारम्भिक बाल बिकासदेखि ५ कक्षासम्मका विद्यार्थीलाई व्यवस्थित रुपमा दिवा खाजा उपलब्ध गराउन मेगा किचनको अवधारणा अघि सारिएको हो । 

सरकारी विद्यालयमा दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको यो कार्यक्रमले एउटा स्थानीय तहभित्रका सबै विद्यालयका विद्यार्थीका लागि एउटै प्रकारको खाजा, एकै स्थानमा पकाएर एकै समयमा खुवाउने कार्यक्रमलाई मेगा किचनको नाम दिइएको हो ।

यो कार्यक्रमका लागि छनौट भएका पालिकाले ५० लाख रुपैयाँका दरले ३ हरोड ५० लाख रुपैयाँ पाउने गरी रकम निकासा भएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रकी अधिकृत शान्ति विष्टले जानकारी दिएकी छन् । 

उनका अनुसार विराटनगर महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, पोखरा महानगरपाकिला, घोराही उपमहानगरपालिका, बीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकाले ५० लाख रुपैयाँका दरले रकम पाएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update