
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।यो प्रभावका कारण आज देशका केही भूभागमा मौसममा सामान्य बदली र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।
विभागले दिउँसो कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ०७:१४
प्रतिक्रिया दिनुहोस्