
काठमाडौँ । संघीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विशेष र सून्य समयमा सांसदहरुले आ आफना धारण राख्ने क्रम निरन्तर चल्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ०७:५२
प्रतिक्रिया दिनुहोस्