Odapalika - The Fourth Estate - चौथो अंग
छात्रवृत्तिमा पढ्ने विद्यार्थी खोज्दै प्रधानमन्त्रीको विज्ञापन, कहाँ गए विद्यार्थी ? 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको कोटा नपुगेको भन्दै फेसवुकमार्फत आवेदन दिन आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारीको लागि भन्दै गरेको पोष्टमा शिक्षा मन्त्रालयले दिने छात्रवृत्तिका लागि आवेदन दिनेको संख्या अपुग भएकाले २ दिनभित्रमा योग्यता पुग्नेले निवेदन दिन आग्रह गरिएको छ । 

प्रधानमन्त्रीले निवेदन दिनका लागि शिक्षा सचिव डा. दिपक काफ्लेले चलाउने कार्यालयको इमेल ठेगाना पनि दिएका छन् । जहाँ उनले इच्छुकले २ दिन भित्रमा इमेल गर्न सक्ने लेखेका छन् । 

प्रधानमन्त्रीका अनुसार एमबिबिएसमा १ जना, इन्जिनियरिङमा १ जना, भेटेरीनरीमा एक जना, आइटीमा ४ जना र कन्जरभेसनमा १ जनाले निवेदन दिन सक्ने जनाएका छन् । 

यस्तो छ प्रधानमन्त्रीको विज्ञापन  

जानकारीको लागि -

शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ।

[email protected]

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update