Odapalika - The Fourth Estate - चौथो अंग
१३ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर, को कहाँ पुगे ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ ।  २ जना शाखा अधिकृतको भने सरुवा गरेको छ । 

मन्त्रालयले सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सावान कुमार चौधरीलाई पठाएको छ । उनी हाल मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए । 

विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरीलाई भने सिरहाको भगवानपुर गाउँपालिकामा सरुवा गरिएको छ । 

माधवनारायण नगरपालिकामा कार्यरत श्रीदेव यादवलाई सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा गरिएको छ भने कल्याणपुर प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासलाई गृह मन्त्रालय अन्तरगतका निकायमा सरुवा गरिएको छ । 

शाखा अधिकृत धनन्जय प्रसाद दास गढीमाइ नगरपालिका रौतहटबाट कटहरिया नगरपालिका रौतहटमा सरुवा भएका छन् भने सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द गृह मन्त्रालय अन्तरगतका निकायमा सरुवा भएका छन् । 

जिल्ला सामन्वय समितिको कार्यालय जुम्लामा कार्यरत संगीता धिताल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएकी छन् भने जिसस कपिलवस्तुमा कार्यरत पुनम जिसीलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पठाइएको छ । 

बारेकोट गाउँपालिका जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीको पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । 

प्युठानको सरुमारानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको राप्ती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ । 

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थी मालिका गाउँपालिका गुल्मीको प्रमुख प्रशासकीय अधिकृत भएका छन् । मालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीको भने गृह मन्त्रालय अन्तरगतको निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update