
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख अमेरिकी डलर (करिव ७० लाख रुपैयाँ) तिर्नेलाई अमेरिकी नागरिकता सरहको कार्ड दिने भएका छन् ।
यसलाई उनले गोल्ड कार्डको नाम दिएका छन् । उनलेयसले ग्रिन कार्डकै जस्तो काम गर्ने र यो ग्रिन भन्दा उच्चतम तहको नागरिक बन्ने प्रक्रिया हो ।
विश्वका धनाढ्य र व्यापारीहरुलाई अमेरिकाप्रति आकर्षित गर्ने नीतिअनुसार ट्रम्प प्रशासन ले गोल्ड कार्यको अवधारणा ल्याएको हो । यही साताबाट यो लागु हुने बताइएको छ ।
राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने( हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ र यसले यसले ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।
स्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि प्रदान गरिदै आएको छ ।