Odapalika - The Fourth Estate - चौथो अंग
भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ । 

प्राधिकरणले सूचना जारी गर्दै १ असोजमा विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो । विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो । 

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट २०० रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । 

Notice1694922437.jpeg

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update