
काठमाडौँ । दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाा अनुदान उपलव्ध गराउने भएको छ ।
गाउँपालिकाले वधिया भाले प्रवद्र्धन कार्यक्रममार्फत कम्तीमा ५ वटा भाले पाल्ने कृषकका लागि यो अनुदान कार्यान्वयनमा आउने बताएको छ ।
गाउँपालिकाले पशु सेवा कार्यक्रम संचालन कार्यविधि अनुसार भाले पाल्न चाहने कृषकसँग फार्म नभए वडा कार्यालयको सिफारिस भए पुग्ने बताएको छ । गाउँपालिकाका अनुसार चैत महिनाभित्रमा यो स्कीमका लागि कृषकहरुले निवेदन दिइसक्नुपर्नेछ
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्