Odapalika - The Fourth Estate - चौथो अंग
उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ? 

काठमाडौँ । संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन् । 

उच्च पहाडी एवं हिमाली क्षेत्र क्षेत्र स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रम अन्तरगत ती स्थानीय तहले रकम पाएका हुन् । 

यस्तो रकमलाई सम्वन्धित स्थानीय तहले आफुले छनौट गरेको कार्यक्रममा खर्च गर्न पाउनेछन् । जसमा पूर्वाधार विकासदेखि उद्यमशीलता विकास त हुँदै सीप विकाससम्मका कार्यक्रम समावेश छन् । ती कार्यक्रमसँगै कृषि र पशुपालनमा समेत संघीय सरकारले दिएको यो बजेट खर्च गर्न पाइने छ । 

यो कार्यक्रम मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, वझाङ, अछाम, डोटी र बाजुरा जिल्लाका ६२ वटा स्थानीय तहले संचालन गर्न पाउने गरी बजेट बिनियोजन भएको छ । 

हेर्नुहोस् कुन पालिकाले के कार्यक्रमका लागि कति रकम पाए ? 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update