Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल

महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरु छन् । आकाशमा वाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन् । 

पाखाहरुमा बाख्राहरु चरिरहेको छन् । गोठालाहरु सुस्केरा हालेर स्थानीय गीत गाइरहेको सुनिन्छ । त्यसमाथि चराचुरुङ्गीको संगीतमय चिरविरले जोकोहीलाई आनन्दित बनाउँछ । 

प्राकृतिक छट्टाले अनेकौ तरहले सिगारिएको यो मनमोहक दृश्य हो महोत्तरीको उत्तरवर्ती क्षेत्र राइमन्डलको ।

बर्दिवास नगरपालिकाको समथर भूभाग छाडेर झन्डै ७ किलोमिटर उकालो हिडेपछि पुगिन्छ राइमन्डल । यही राईमन्डलमा रहेका भिमडाडा र सोली घोप्टे पहाडका टाकुरा छन्, जसले हरबखत मधेशका समथर भूमि नियालिरहेको जस्तो भान हुन्छ । 

समुन्द्री सतहवाट झण्डै ३६२ मिटर अग्ला यी पहाडहरु तराइका गहना हुन भने बर्दिवासको समृद्धिका आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन् ।

DSC_80821694924474.JPG

स्थानीयका अनुसार शान्ति र अध्यातिमक लाभका लागि अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्यासमेत गर्ने गरेका छन् ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी  डाडाहरु मधेशका प्राकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानीय युवा विजय पोखरेलले यी डाडामा उक्लिएपछि भारतको सिमानादेखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने वताए ।

‘यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौँ तर सुनुवाइ हुन सकेको छैन । प्रचार प्रसार गर्न सके महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार बन्ने पक्का छ ।’

बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि ७० भन्दा बढी होटलहरु छन् । निक्कै ठुलो लगानीका होटलहरु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यसको व्यवस्थापन गर्न नसक्दा पर्यटकहरु एकदिन पनि बर्दिवास क्षेत्रमा टिक्न नसकिरहेको बताउँछन् । 

राइमन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब प्री हिस्टोरिक कल्चर इन नेपालमा उल्लेख गरेपछि यसको महत्व थप चुलिएको छ ।

DSC_80731694924469.JPG

कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राइमन्डल अर्थात पाटु  र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी छन् । 

उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियारहरु भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा उल्लेख गरेकी छन् । 

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ ।  गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ १० हजार वर्ष अघिको मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ । 

कर्विन्स राइमन्डल आसपास र पाटुमा नै किन आइन् भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धानपछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखबर छन् ।

DSC_80691694924468.JPG

राइमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यसको फेदीमा थप खोजी गरी नविन पर्यटकीय गन्तव्य वनाउन सकिने आधारहरु देखिएका छन् ।

स्थानीय सरकारले यसको व्यवस्थापन र प्रचारमा आगामी दिनमा काम गर्ने बताइसकेकाले राइमण्डल बर्दिवास नगरपालिकाको समृद्धिको आधार बन्ने विश्वास स्थानीयको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update