Odapalika - The Fourth Estate - चौथो अंग
४ उपमहानगरले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ? 

काठमाडौँ । सरकारले ४ वटा उपमहानगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । मन्त्रिपरिषदको बैठकले ७८ जना सहसचिवहरुको सरुवा गर्दा ४ जनालाई स्थानीय तहको जिममेवारी दिएको हो ।  

लामो समयदेखि काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिृकत खाली भए पनि महानगरले भने अधिकृत पाएन । सरोज गुरागाईँमाथि अनियमितताका विषयमा छानविन सुरु भएपछि काठमाडौँ महानगर प्रमुख प्रशासकीय अधिकृतबिहीन छ । 

सरकारले इटहरी उपमहानगरपालिकामा हेमराज भुसाललाई पठाएको छ भने हेटौडा उपमहानगरपालिकामा भरत गौतम प्रमुख प्रशासकीय अधिकृत बनेका छन् । 

जीतपुरसीमरा उपमहानगरमा शान्तिराज प्रसाईँलाई पठाइएको छ । यहाँ लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयमा लफडा छ । जनकपुरधाम उपमहानगरपालिकामा भने बीरेन्द्रकुमार मिश्र ले जिम्मेवारी पाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update