Odapalika - The Fourth Estate - चौथो अंग
२०८२ मा ९९ दिन बिदा, जनयुद्धमा नपाइने, पृथ्वी जयन्तीमा पाइने

काठमाडौँ । २०८२ सालमा जम्मा ९९ दिन सार्वजनिक बिदा परेको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदा सूचीअनुसार २०८२ सालमा ५२ वटा शनिवार परेको छ । 

राजपत्रका अनुसार शनिवारबाहेक ३६ दिन अर्थात १ महिना ६ दिन देशभर लागु हुने गरी सार्वजनिक बिदा परेको छ ।

राजपत्रका अनुसार २६ दिन पर्व बिदा, ६ दिन दिवसको बिदा परेको छ ।  २ दिन महिलाले मात्र बिदा पाउने छन् भने शिक्षण स.स्थाले १ दिन, जात्रा मनाउन ४ दिन, अपांगता भएका व्यक्तिले १ दिन, जन्मजयन्ती मनाउन २ दिन र धर्मावलम्बीहरुले ३ दिन बिदा पाएका छन् । 

यी सबै बिदा गरेर २०८२ सालमा जम्मा ९९ दिन बिदा पर्छ । यसमा स्थानीय तह र प्रदेशहरुले दिने स्थानीय बिदा उल्लेख छैन । 

यी बिदासमेत जोड्न् हो भने एकसय दिन भन्दा बढी दिन कर्मचारीहरुको घर बसेर बित्ने देखिएको छ । सरकारले १ फागुनमा यसअघि दिइएको जनयुद्ध दिवसको बिदा कटौती गरेको छ भने २७ पुसमा दिइने पृथ्वी जयन्तीको बिदा यथावत राखेको छ । 

हेर्नुहोस् कुन बिदा कहिले ?

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update