Odapalika - The Fourth Estate - चौथो अंग
मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाएपछि...

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको झ्वाँकमा महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाइदिएका छन् । 

प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका छन् ।

९ माघमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी समान्य प्रशासन मन्त्रालयले खोसेर बरिष्ठताको आधारमा भन्दै लेखा अधिकृत रामसागर यादवलाई निमित्तकै जिम्मेवारी दिएको थियो।

गत ४ फागुनमो उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ  । तर उनी हाजिर हुन पुगिसकेका छैनन् । 

निमित्तको आन्तरिक राजनीतिमा असन्तुष्ट मेयरले नयाँ प्रमुख प्रशासकीय  अधिकृत नआएका कारण जनताका काममा समस्या भएको भन्दै आफैँले ताला लगाएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update