Odapalika - The Fourth Estate - चौथो अंग
सरुवा गरिएको स्थानमा नजाने प्रशासकीय अधिकृतप्रति सरकार रुष्ट, सुविधा काट्नेसम्मको चेतावनी 

काठमाडौँ । निजामती सेवामा कार्यरत कर्मचारीहरु सरुवा भएको स्थानमा रमाना बुझेर कार्यभार सम्हालन नगएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर कदम चाल्ने चेतावनी दिएको छ । 

स्थानीय तहसहित मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र कार्यालयमा कार्यरत कर्मचारीहरुको सरुवा भएको स्थानमा तोकिएको अवधिमा नपुग्ने गरेको र अटेरी गर्ने गरेको देखिएको भन्दै मन्त्रालयले ४ बुँदे निर्देशनसहित करवाहीको चेतावनी दिएको हो । 

हालसम्म सरुवा भइ रमना नुबझी बसेका कर्मचारीलाई ५ दिनभित्रमा रमना दिइ सम्वन्धित कार्यालयमा पठाउन र सोको जानकारी गराउन मन्त्रालयले सबै  मन्त्रालय, आयोग, निकाय र स्थानीय तहलाई पत्राचार गरेको छ । 

मन्त्रालयले सरुवा भइ नजाने कर्मचारीको तलव र सुविधा सम्वन्धित कार्यालयको प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुल उपर गर्न पत्राचार गरिने भन्दै चेतावनी समेत दिएको छ । 

तोकिएका अवधिमा सरुवा वा काज सरुवा भएका स्थानमा नपुग्ने कर्मचारीलाई  किरिया, प्रसुती र विरामीबाहेकका कुनैपनि बिदा नदिन पनि मन्त्रालयको निर्देशन छ । 

मन्त्रालयको निर्देशन नमान्ने कर्मचारी र सरुवा कार्यान्वयन गराउन नसक्ने अधिकारीमाथि विभागीय कारवाही गर्ने मन्त्रालयको चेतावनी छ । 

यस्तो छ मन्त्रालयको चेतावनी 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update