काठमाडौँ । संघीय सरकारले सूदुरपश्चिम प्रदेशको बझाङ जिल्लाका १२ वटै स्थानीय तहलाई स्वरोजगारका लागि बजेट उपलव्ध गराएको छ ।
उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रम संचालन कार्यविधि अनुसार बझाङका १२ वटै स्थानीय तहले रकम पाएका हुन् ।
सरकारले ससर्त अनुदानमार्फत उपलव्ध गराउने बजेटबाट स्थानीय तहहरुले कार्यक्रम बनाएर खर्च गर्न पाउने छन् ।
मन्त्रालयका अनुसार बझाङको साइपाल गाउापालिकाले जडीबुटी प्रशोधन केन्द्र भवन बनाउन र आलु कोल्डस्टोर भवन निर्माण गर्न ७१ लाख रुपैया पाएका छन् । यी योजना वडा नम्बर ३ मा बन्नेछन् ।
वुङगल गाउँपालिकाले वन्भा खानेपानी निर्माणका लागि ३५ लाख, सुर्मा गाउँपालिकाले सुर्मा सरोवर पदमार्ग निर्माणका लागि २५ लाख र भेरा साना सिंचाइ पोखरी निर्माणका लागि १५ लाख रुपैयाँ बजेट पाएका छन् ।
त्यस्तै तलकोट गाउँपालिकाले सेरा सिंचाइ कुलोका लागि २० लाख र भेलाता खानेपानी आयोजनाका लागि २० लाख रुपैयाँ बजेट पाएका छन् ।
छविस पाथिभरा गाउँपालिकाले भुतेडा दान्ना जयपृथ्वीनगर पर्यटकीय पदमार्ग निर्माणका लागि ३५ लाख र एकल तथा विपन्न महिलाका लागि मौरीपालन कार्यक्रम संचालनका लागि ७ लाख रुपैयाँ बजेट पाएका छन् ।
मन्त्रालयका अनुसार वित्थचिर गाउँपालिकाले साना खानेपानी परियोजना निर्माणका लागि २० लाख र केदार माविको शैक्षिक सुधारका लागि ३५ लाख रुपैया बजेट पाउँदा केदारस्युँ गाउापालिकाले ठूलीवान सिंचाइ कुलो बनाउन ३० लाख र शितगृह संकलन तथा बजारीकरणका लागि भवन निर्माण शीर्षकमा २५ लाख रुपैयाँ पाएका छन् ।
दुर्गाथली गाउँपालिकाले अल्लो प्रशोधनका लागि ३० लाख, बेतालथैला पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख, थलारा गाउँपालिकाले मालुमेला शिवालय पर्यटकीय पूर्वाधारका लागि २५ लाख र झानाना मोतिपुर कृषिसडक स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट पाएका छन् ।
खप्तडछान्ना गाउँपालिकाले गलैँचा, साबुन, होजियारी सम्वन्धि तालिमका लागि १० लाख र जडिवुटी उत्पादन, संकलन र प्रशोधन केन्द्र निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएका छन् ।
उता जयपृथ्वी नगरपालिकाले पाडगरपानी लामारकोट सिंचाइका लागि ३५ लाख, पुख्र्यौली सिंचाइ पोखरी निर्माणका लागि २५ लाख, मष्टा गाउँपालिकाले स्थानीय रैथाने बाली तथा पशु विकाश कार्यक्रमका लागि ३० लाख र ढडार मष्टा मन्दिर पदमार्ग निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।