
काठमाडौँ । नेपाल आयल निगमले २ दिन अघि नै खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । तर निगमले भने आज एलपी ग्यास उत्पादकहरुसँगको बार्ताको क्रममा मात्र यो जानकारी गराएको हो ।
आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर १२ रुपैयाँ १२ रुपैयाँ ७५ पैसा बृद्धि गरेको जानकारी गराएको छ । उसले ढुवानी भाडा, प्रशासनिक र संचालन खर्च रकममा समायोजन गरी साविकको मूल्यामा १२ रुपैयाँ ७५ पैसा प्रति सिलिण्डर बढाउने निर्णय गरेको हो ।
हाल ग्यासको खुद्रा मूल्य १ हजार ९ सय १० रुपैयाँ तोकिएको छ । ग्यास उत्पादकले नाफा प्रतिशत फ्ल्याटमा ५ प्रतिशत हुनुपर्ने माग राख्दै आएकोमा सो विषयमा अध्ययन गर्न समिति बनाउने सहमति भएको छ ।
यो सहमतिसँगै ग्यास उत्पादक र व्यवसायीहरुले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् ।