Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तहलाई प्रतिष्ठानको अफरः समय मिलाउनू, १ लाख १० हजार सहित २८ विषयमा तालिम दिन्छौँ 

काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लागत साझेदारीमा क्षमता तथा सीप विकासका तालिम दिने अफर गरेको छ । 

प्रतिष्ठानले विभिन्न २८ विषयमा तालिम दिने भन्दै हरेक तालिमका लागि प्रतिष्ठानको तर्फबाट १ लाख १० हजार रुपैयाँ प्रतिष्ठानले नै व्यहोर्ने जनाएको छ । 

एउटा विषयमा न्युनतम २ दिनको तालिम राख्नुपर्ने भन्दै प्रतिष्ठानले खर्च वढेको खण्डमा भने सम्बन्धित पालिकाले नै व्यहोर्नुपर्ने प्रस्ताव गरेको हो । 

देशभरका स्थानीय तहको क्षमता अभिबृद्धिका लागि तालिम तथा सीप विकासको काम गर्दै आएको प्रतिष्ठानले आफुले स्वीकृत गरेको पाठ्यक्रममा केन्द्रीत भएर जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीलाई तालिम दिने गरेको छ । 

प्रतिष्ठानले संघीयता र स्थानीय शासनका असल अभ्यासहरु देखि लिएर सेवा प्रवेश प्रशिक्षणसम्म चलाउने जनाएको छ । 

यस्ता छन् तालिमका विषय र सर्त 

 


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update