Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित 

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा ४ जना कर्मचारीलाई निलम्बन गरेको छ । 

नगर कार्यपालिका बैठकले आन्तरिक लेखा परीक्षण अधिकृत तथा नगरपालिकाका सूचना अधिकारी कुमार कञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेश्वर गुरुङलाई निलम्बन गरेको हो । 

जनप्रतिनिधि र कर्मचारीलाई अमर्यादित भाषा प्रयोग गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले ती कर्मचारीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरण सोध्ने निर्णयलाई बुधवार बसेको कार्यपालिका बैठकले अनुमोदन गर्दै निलम्बन गरिएका कर्मचारीलाई २६ गते बिहान ८ बजेभित्रमा स्पष्टीकरण पेश गर्न बैठकले निर्देशन दिएको छ । 

बैठकले निलम्बनमा परेको कर्मचारीलाई दिएका सबै अतिरिक्त सुविधा रोक्ने निर्णय गर्दै उनीहरु नगरपालिका अन्तरगतका कुनै पनि समिति र उपसमितिमा भए सोबाट समेत स्वतः निलम्बन गर्नेगरी निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update