Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्बुलेन्स

काठमाडौँ । तनहुँका २ वटा स्थानीय तहलाई सूर्य नेपाल प्रालिले कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।

दुई पालिकालाई २६ लाख रुपैयाँको एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । प्रालिका कारखाना प्रमुख बाबुराम कार्र्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताए ।

किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको भन्दै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update