Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ विधेयकप्रति मिटरव्याज पीडितको आक्रोश  

काठमाडौं । मिटरब्याज पीडितले, मिटरब्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।  मिटरब्याज पीडितले आज बानेश्वरमा विरोध प्रर्दशन गर्दै विधेयकप्रति असन्तुष्टि जनाएका हुन् । 

किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निग्र नविनले सरकारले ल्याएको मिटरब्याज सम्बन्धी नयाँ विधेयक पीडितको हितमा नहरेको दाबी गरे । उनले संसद र सिंहदबारले  जनताको हितमा काम नगरेको समेत आरोप लागाएका छन्। 

उनले भने ‘संसद भवनमा  कुनै जनताको विषयहरुमा कानून बनाउन प¥यो भने कहिले पनि दिउँसो बैठक बस्दैन । इतिहासमा हामीले देखेका छौं जहिले पनि उहाँहरुले जनताको जनचासोमा बैठक बस्न अप्ठयारो मान्नुहुन्छ । तर रातको ९ बजेर ४५ बजे सुतखोरहरुलाई जगाउने मिटरब्याज पीडितहरुको कानून भनेर पारित गरेर सुतखोरहरुलाई उन्मुक्ती दिनको लागि कानून बनाएर पीडित किसानको बीचमा भ्रम सिर्जना गरिएको छ ।’

सरकारले गठन गरेको आयोगले पीडितहरुको घाँटी च्याप्ने काम गरेको उनको आरोप छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update