Odapalika - The Fourth Estate - चौथो अंग
न्यायाधीशको परीक्षाः २९ पदमा २११ को भीडन्त, जम्मा १ जना पास !

काठमाडौँ । विभिन्न जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा जम्मा १ जना मात्र पास भएका छन् । 

न्याया परिषदले गत १६ देखि २० असारमा लिएको लिखित परीक्षामा जम्मा २११ जनाले परीक्षा दिएकामा पारसमणि खतिवडा मात्र पास भएको न्याय परिषदले जनाएको छ । 

परिषदले आज प्रकाशन गरेको नतिजाअनुसार खुला प्रतिस्पर्धामा उत्रिएका खतिवडा मात्र पास भएका हुन् । 

जिल्ला न्यायाधीशका लागि वरिष्ठ अधिकृत र कानुनव्यवसायीले प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । 

परिषदले आन्तरिक खुला १५ जना, खुल्ला ७ जना, महिला, आदिवासी जनजाति र मधेशी २÷२ जना र १ जना दलित कोटाका लागि परीक्षा संचालन गरेको थियो । 

तर खुल्ला तर्फबाट १ जनामात्र पास हुन सफल भएको जनाइएको छ ।  लिखित परीक्षा पास भएका १ जनाको भने १ असोजमा मौखिक अन्तर्वार्ता तय भएको छ । 

हेर्नहोस् नजिता 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update