Odapalika - The Fourth Estate - चौथो अंग
कता कता पर्छ आज पानी? यसो भन्छ मौसम विभाग 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम नै रहेकय कारण कतिपय स्थानमा पानी पर्ने सम्भावना छ । 

विभागका अनुसार यतिवेला देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भूभागमा  आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

 

आज राति मुलुकको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update