Odapalika - The Fourth Estate - चौथो अंग
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा

काठमाडौँ । संघीय सरकारले काठमाडौँ उपत्यका ५ विभिन्न स्थानमा निषेधाज्ञा तोकेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सुचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो ।

केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थमा राजावादीको सक्रियता बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ ।

जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update