Odapalika - The Fourth Estate - चौथो अंग
को बन्ला रोङको उत्कृष्ट गुरु किसान? ७ चैतमा हुँदैछ फैसला 

काठमाडौँ । इलामको रोङ गाउँपालिकाले १२१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । ४ हजार ५०० बढी किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको बताउँछन् । पालिकाका ६ वटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । 

गाउँपालिका अध्यक्ष स्याङ्बोका अनुसार किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाल यो अवधारणा अघि सारेको हो । यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए ।

कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । गुरु किसान छनौट भएका उनले आगामी वर्ष यसमा थप वृद्धि हुने बताए ।

पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलकोभ नाइ छ । 

किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ ।

कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने बताएको छ । कृषि पेसाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसानहरु बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update