Odapalika - The Fourth Estate - चौथो अंग
भुतपूर्व कर्मचारीका लागि आचारसंहिता बनाउँदै संघीय सरकार, सचिवको टीमले माग्यो सुझाव

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा निवृत्त कर्मचारीको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा प्रयोग गर्ने तथा र उनीहरुका लागि आचारसंहिता निर्माण प्रक्रिया थालेको छ । 

मन्त्रालयले सेवा निवृत्त कर्मचारीका लागि आचारसंहिता बनाउनेसमेत प्रयोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको संयोजकत्वमा ३ सदस्यीय आचारसंहिता मस्यौदा समिति बनाएको छ । 

समितिलाई सेवा निवृत्त राष्ट्रसेवक÷कर्मचारी कर्मचारीहरुको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा उपयोग गर्न तथा उनीहरुले पालना गर्नुपर्ने आचरणलाई संहितावद्ध गर्ने मस्यौदा निर्माणको जिम्मा दिइएको छ । 

मन्त्रालयले गत ५ फागुनमा यो समिति बनाएपछि २५ फागुनमा बसेको पहिलो बैठकले आचारसंहिता निर्माणको काम थालेको बताएको छ । 

समितिले सेवा निवृत्त कर्मचारी र राष्ट्रसेवकका लागि कस्ता आचरण बनाउने भन्ने विषयमा सेवा निवृत्त कर्मचारीहसँग राय माग्ने निर्णय गरको छ । चैत १० भित्रमा मन्त्रालयमा सुझाव दिन भनेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update