
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले बेरोजगारी र कुशासनविरुद्ध भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका नेकपा एसका महासचिव घनश्यम भुषालका अनुसार पहिलो चरणको आन्दोलन आगामी २२ बैशाखमा पालिका र वडामा ज्ञापन पत्र बुझाएर मापन हुनेछ ।
आज पत्रकार सम्मेलन गरेको घोषणा गरिएको आन्दोलनका कार्यक्रम अनुसार चैत २ देखि ६ गतेसम्म मातहत कमिटीमा छलफल गर्ने चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न संघ संघठनसँग छलफल गर्ने भनिएको छ ।
चैत २० मा सरकारलाई ज्ञापन पत्र बुझाउने, त्यसपछि प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद गर्ने, ५ बैशाखमा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउने कार्यक्रम छ ।
१५ बैशाखसम्म पालिका र वडा तहमा सम्वाद र सुझाव संकलन गरेपछि १९ देखि २२ बैशाखसम्म पालिका र वडा कार्यालयमा ज्ञापनपत्र बुझाउने र २५ बैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने नेकपा एसको घोषणा छ ।