Odapalika - The Fourth Estate - चौथो अंग
एमालेले चैतभरमा ६७४३ वडाको अधिवेशन गरिसक्ने, यस्तो छ १० बुँदे प्राथमिकता 

काठमाडौँ । नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न स्थानीय पार्र्टी नेतृत्वलाई निर्देशन दिएको छ ।संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले सर्कुलर जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन दिएका छन् ।

‘तीन महिने जरा अभियान वैशाखमा सकिने भएकाले वडा अधिवेशन चैतभित्रै सक्न मातहतका कमिटीलाई निर्देशन दिइसकिएको एमालेले जनाएको छ । 

वडा स्तरमा केन्द्रीत हुनेगरी एमालेले गत माघदेखि ३ महिने अभियान चलाइरहेको छ । उक्त अभियानका क्रममा चैतभित्र गरिसक्नुपर्ने कामलाई एमालेले १० बुँदामा सूचीकृत गरेको जनाएको छ । 

सदस्यता नवीकरण, संगठन शुद्धीकरण, जनताका समस्या पहिचान र समाधान, प्रभावकारी प्रचार, कार्यालय व्यवस्थापनलगायत १० बुँदेमा समेटिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update