Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रकोट गाउँपालिकाको अफरः हलगोरु पाल्नू ३ हजार लानू 

काठमाडौँ ।  गुल्मीको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान ३ हजार रुपैयाँका दरले दरले अनुदान रकम उपलव्ध गराउने भएको छ । 

अनुदान दिनका लागि पालिकाले २५८ किसान छनोट भएका छन् । जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा ९, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन् । वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाले जनाएको छ । 

पालिकाले अनुगमन गरेर कम्तीमा एक हल गोरु पाल्ने किसानलाई अनुदानका लागि छनोट अध्यक्ष युवराज केसीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update