Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सेवासम्वन्धी कानुन माग्दै मुख्यमन्त्री कार्यालयमा  धर्ना 

काठमाडौँ । स्थानीय सेवा सम्वन्धी कानुन बनाउन बिलम्ब गरेको भन्दै सूदुरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।  उनीहरुले आज पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघि धर्ना दिएका छन् । 

स्थानीय सरकार संचालन ऐन बनेको ७ वर्ष पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवा सम्वन्धी कानुन बनाउन सकेको छैन । 

देशका अन्य ६ वटै प्रदेशले स्थानीय सेवाको गठन र संचालन सम्वन्धी ऐन बनाएर कार्यान्वयनमा ल्याइसकेका छन् । तर सुदूरपश्चिम प्रदेश  सरकारले भने स्थानीय सेवा सम्वन्धी विधेयकलाई प्रदेशसभामा लैजान सकेको छैन । 

प्रदेश विधायन समितिले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहका प्रमुखसमेतलाई राखेर विधेयकबारे छलफल सकेको छ । छलफलपछि सर्वसम्मत रुपमा विधेयकबारेको प्रतिवेदन तयार भए पनि  मन्त्रिपरिषदले अहिलेसम्म प्रदेशसभामा पेश नगरेको स्थानीय तह कर्मचारी युनियन, सुदूरपश्चिम प्रदेशका अध्यक्ष अशोक पाण्डेले जानकारी दिए । 

विधेयक चाँडो ल्याउन दबाब दिन आन्दोलनमा उत्रिएको उनको भनाइ छ । प्रर्दशनकारीले प्रदेशसभामा विधेयक पेश गर्न सरकारले रहस्यमय ढंगले मौनता साधेको भन्दै उनले तत्काल विधेयक अघि नबढाए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update