Odapalika - The Fourth Estate - चौथो अंग
जथाभावी फोहोर जलाउन नदिन उपत्यकाका १८ स्थानीय तहलाई संघीय सरकारको अनुरोध 

काठमाडौँ । संघीय सरकारले खुला फोहोर जथाभावी जलाउन नदिन र हरियाली क्षेत्रको प्रवद्र्धन गर्न उपत्यकाका १८ वटै थानीय तहलाई अनुरोध गरेको छ । 

बन तथा वातावरणमन्त्रीको अध्यक्षतामा वसेको बैठकले वायु प्रदूषण घटाउने दीर्घकालीन उपायका रुपमा जथाभावी फोहोर जलाउने कार्य रोक्न पहल गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

यी दुबै काम गर्न संघीय सरकार र मातहतका निकायले प्रचार प्रसार देखि जनचेतनासम्मका काम गर्ने निर्णय गर्दै यसमा सहयोग गर्न स्थानीय तहलाई पनि आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

उपत्यकाका ३ जिल्लाका १८ वटै स्थानीय तहले हरियाली क्षेत्रको प्रवद्धृन गर्नुपर्ने भन्दै मन्त्रालयले यसका लागि योजना बनाएर काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय सरकारहरुसँग अनुरोध गर्ने निर्णय गरेको हो । यो संगसँगै खुला फोहोर जलाउने काम बन्द गराउन सकेमा वायु प्रदूषणको मात्रा घटाउन सकिने मन्त्रालयको ठहर छ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update