Odapalika - The Fourth Estate - चौथो अंग
पैसा उठाउने दाउमा अवैध खानीलाई अनुमति, नदिएपछि माछापुच्छ्रे गाउँपालिकाले देखायो यो गति 

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ४ वटा क्रसर उद्योगमा प्रतिवन्ध लगाएको छ । निर्माण सामग्री उत्खनन गरेबापत पालिकालाई राजश्व नबुझाएको भन्दै ती क्रस उद्योग बन्द गराइएको हो । 

क्रस उद्योगहरुले झण्डै ५० करोड रुपैयाँ राजस्व तिर्नबाँकी रहेको पालिकाको भनाइ छ । फेउसरका बराह क्रसर उद्योगले  २० करोड ५६ लाख ६२ हजार,  गण्डकी एग्रोगेटले १३ करोड ३९ लाख ७० हजार, जेके क्रसर उद्योगले ४ करोड १२ लाख ३६ हजार र सेती गण्डकी क्रसर उद्योगले १० करोड ८१ लाख ८४ हजार रुपैयाँ राजस्व तिर्न बाँकी रहेको पालिकाको भनाई छ । 

गाउँपालिका भित्रका क्रसर उद्योगहरु अहिलेपनि अवैधरुपमा संचालनमा छन् । तर पालिका राजश्व उठ्ने आशमा यसअघि आँखा चिम्लििएर बसेको थियो । 

क्रसर व्यवसायीले भने राजस्वदर बढी भएकाले आफूहरूले तोकिएअनुसारको रकम बुझाउन नसक्ने बताउँदै आएका छन् । व्यवसायीको उपस्थितिबिना उत्खननस्थलको नापजाँच गरिएको र सोहीअनुसार प्रतिवेदन बनाइएको उनीहरुको दाबी छ ।  

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update