Odapalika - The Fourth Estate - चौथो अंग
मधेश सरकार एसईई परीक्षा प्रक्रियामा सहभागी नहुने, केन्द्राध्यक्ष चयनमा असन्तुष्ट

काठमाडौँ । मधेस प्रदेश सरकार ७ चैतबाट सुरु हुने एसईई परीक्षा प्रक्रियामा सामेल नहुने भएको छ ।  पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् ।

केन्द्राध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्ट मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आफ्नो असन्तुष्टिअनुसार गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि मधेश प्रदेश यो प्रक्रियाबाट बाहिर बस्ने निर्णयमा पुगेको बताएका छन् ।

प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएकोमा उनको आपत्ति छ । उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।

मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका थिए । तर, निर्देशन विपरित केन्द्राध्यक्ष छानिएपछि सरकारले यो निर्णय लिएको हो । 

यस्तो छ मुख्यमन्त्रीको भनाइ 

see-madhes-1742293817.jpg

see-madhes1-1742293816.jpg


 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update