Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले भेटे संयुक्त राष्ट्र संघका महासचिव 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए । 

उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन् । 

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री प्रचण्डले आगामी ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update