
काठमाडौँ । सरकारले १३ जना सहसचिव (प्रमुख जिल्ला अधिकारी)हरुको सरुवा र पदस्थापन गरेको छ । यसरी पदस्थापन गर्दा यसअघि प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत ६ जना सिडिओ गृह मन्त्रालय तानिदा बाँकी ७ जनाले जिल्लाको हाकिमको जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयमा कार्यरत दिल कुमार तामाङ कपिलबस्तुको सिडिओ भएका छन् भने कपिलबस्तुका सिडिओ विश्वप्रकाश अर्याल गृहमा तानिएका छन् ।
सुर्खेतका सिडिओ शंकरहरि आचार्य गृहमा तानिदा उदयपुरका सिडिओ हरिप्रसाद घिमिरेलाई पर्वतमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयमा कार्यरत जगदिश्वर उपाध्यायलाई सुर्खेतको सिडिओ बनाइएको छ भने गृहमै कार्यरत भविश्वर पाण्डेलाई नवलपरासी वर्दघाट सुस्ता पूर्वको सिडिओ बनाइएको छ ।
सुस्ता पूर्वमा कार्यरत सिडिओ अरुण पोखरेल भने गृह मन्त्रालय तानिएका छन् । बागलुङको सिडिओमा गृह मन्त्रालयमा कार्यरत कुमान सिंह गुरुङ सरुवा हुँदा बाग्लुङका सिडिओ नेत्र प्रसाद सुवेदी गृह मन्त्रालयमा तानिएका छन् ।
गृहमा कार्यरत सहसचिव प्रेम प्रसाद लुइँटेल उदयपुरको सिडिओ बनेका छन् भने गृहमा कार्यरत अर्का सहसचिव आनन्द सारु अछामका सिडिओ बनेका छन् ।
अछामका सिडिओ शिव प्रसाद लम्साल गृह मन्त्रालयमा सरुवा हुँदा पर्वतका सिडिओ केदारनाथ शर्मा गृह मन्त्रालयमा सरुवा भएका छन् ।