Odapalika - The Fourth Estate - चौथो अंग
राजपुर गाउँपालिकामा बन्यो अत्याधुनिक बर्थिङ सेन्टर

काठमाडौँ । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

राजपुर गाउँपालिका र छाया नेपालको सहयोगमा निर्मित अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टरसञ्चालनमा आएको छ । 

५७ लाख रुपैयाँको लागतमा निर्मित स्वास्थ्य इकाइले स्थानीय बासिन्दामा नयाँ आशाको सञ्चार गराएको स्थानीयले जनाएका छन् । छाया नेपालको ४४ लाख ५० हजार र गाउँपालिकाको १२ लाख ५४ हजार रुपैयाँ सहयोगमा निर्माण सकिएको गाउँपालिकाले जनाएको छ ।

बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिहीबार बर्थिङ सेन्टर शुभारम्भ गरे । उनले प्रदेश सरकार दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रतिबद्ध रहेको बताए ।

गाउँपालिका अध्यक्ष शरद्कुमार बुढाथोकीले इकाइ स्थापनासँगै स्थानीयलाई सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update