
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त १३ वटा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
यसरी सरुवा गर्दा यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका ४ जनाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसेर अन्य मन्त्रालय र निकायमा पठाइएको छ ।
अन्य मन्त्रालय र निकायमा कार्यरत ५ जना अधिकृतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
४ जना अधिकृत भने प्रमुख प्रशासकीय अधिकृतकै रुपमा अन्य गाउँपालिकामा सरुवा भएका छन् । मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्दै पछिल्लो पटक प्रशासन समूहका अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिदै आएको छ ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?