
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना उपसचिवहरुको सरुवा गरेको छ ।
यसरी सरुवा गर्दा ४ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकाहरुको जिम्मेवारी खोसिएको छ भने ३ जना उपसचिव ले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
बागचौर नगरपालिका सल्यानमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सरुवा भएका छन् । उद्योग मन्त्रालयमा कार्यरत कृष्णप्रसाद जैसीले धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृको जिम्मेवारी पाउदा धुनिबेसीमा कार्यरत निरज पौडेल सञ्चार मन्त्रालय तानिएका छन् ।
गोदावरी नगरपालिका कैलालीका हरिदत्त भट्ट बेदकोट नगरपालिका कञ्चनपुर पुग्दा सर्लाहीको बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका छन् ।
लोहारपट्टी नगरपालिका महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत कृष्णमणि फुयाल उद्योग मन्त्रालय तानिदा बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेल गृह मन्त्रालय तानिएका छन् ।
शिक्षा मन्त्रालयमा कार्यरत उपसचिव हेमकुमार ढकालले जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिर्कतका रुपमा कामकाज गर्ने जिम्मेवारी पाएका छन् ।
उता संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका महेश पाण्डे छायाँनाथ रारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजका लागि तोकिएका छन् ।
यस्तो छ सरुवा र कामकाजको सूची