Odapalika - The Fourth Estate - चौथो अंग
विष्णुपुर गाउँपालिका– ६ मा ६० लाखमा बाटो ढलान सुरु, ८० घरधुरी लाभान्वित हुने

काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिका– ६ मा बाटो ढलान कार्यको शिलान्यास भएको छ । 

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवले चैत ९ गते शिलान्यास गरेका हुन् । सडक निर्माणको सम्झौता भने गत फागुन १२ गते भएको थियो ।

अध्यक्ष यादवले दिएको जानकारी अनुसार सो वडाको कोशी प्रोजेक्ट कोलनी बस्ती विकासको लागि सडक ढलान गर्न लागिएको हो । सडक ढलानपछि ८० घरधुरी लाभान्वित हुने अध्यक्ष यादवले जानकारी दिए ।

सो ढलानको लागि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो लागतमध्ये ४ लाख १७ हजार रुपैयाँ जनसहभागिताबाट जुटाइनेछ । बाँकी सबै रकम गाउँपालिकाले व्यहोर्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update