
काठमाडौँ । नेपालमा संघीयता कार्यान्वयनमा आएर स्थानीय तहका जनप्रतिनिहरु दोस्रो कार्यकालका लागि काम गरिरहेका छन् ।
तरऽ बागमती प्रदेश सरकारले भने अहिलेसम्म स्थानीय तह चिन्न नसकेको देखिएको छ । यसरी स्थानीय तह र तत्कालीन गाउँ विकास समितिको फरक समेत छुट्याउन नजान्नेमा दरिएको छ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ।
स्वास्थ्य मन्त्रालयका सचिवले हस्ताक्षर गरेको ललितपुरस्थित एउटा अस्पताल व्यवस्थापन समितिको सदस्य नियुक्त गरिएको पत्रमा गेदावरी गाउँपालिकालाई ठेचो गाउँ विकास समितिका रुपमा चिनाइएको छ ।
प्रदेश सचिव डा. सुमित्रा गौतमले हस्ताक्षर गरेर गोदावरी नगरपालिका निवासी एकजनालाई नियुक्त गरिएको पत्रमा उनको ठेगाना ठेचो गाविस उल्लेख गरिएको छ ।
हेर्नुहोस् नियुक्तिको पत्र
मन्त्रालयले भने नागरिकतामा भएको ठेगाना उल्लेख गर्ने क्रममा गोदावरी नगरपालिकाको ठाउँमा ठेचो गाविस उल्लेख भएको जनाएको छ ।