Odapalika - The Fourth Estate - चौथो अंग
कोदो ‘जोन’मा धानमा अनुदान, भैँसी पाल्नेलाई कति दिन्छ भीमफेदीले ? 

काठमाडौँ ।  दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नवालीको खेती गर्ने कृषकलाई अनुदान दिदै आएको भीमफेदी गाउँपालिकाले धान खेतीमा पनि अनुदान दिने भएको छ । 

कोदोर र फापरजस्ता रैथानै बाली उत्पादन गर्ने ४२४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बितरण गरिसकेपछि धान मा अनुदान कायृक्रम अघि सारेको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिए । 

पालिकाका ४५१ जना कृषकले दुई हजार ५१०  रोपनी जग्गामा कोदोखेती गर्न निवदेन दिएका थिए । गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती छ । जसमा गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ तोकेको छ ।

धानको बिउ वितरणका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसबाट कृषकले ५० प्रतिशत अनुदानमा बिउ पाउने छन् । 

पालिकाका सबै वडाका धान खेती गर्ने कृषकले अनुदानका लागि निवेदन दिनसक्ने गरी सूचनासमेत जारी भइसकेको गाउँपालिकाका उपाध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए । 

गाउँपालिकाले कृषकहरुका लागि भैँसी पकेट कार्यक्रमका लागिसमेत बजेट बिनियोजन गरेको उनको भनाइ छ । हाल वडा नम्बर ३ मा यो कार्यक्रम कार्यान्वयनमा लैजान लागिएको र भैँसी पाल्न चाहने कृषकलाई ५० प्रतिशत अनुदान दिने निर्णय भएको उनको भनाइ छ । 

वडा नम्बर ३ लाई भैसी पकेट क्षेत्र नै घोषणा गरेर भैँसी पालनमा कृषकहरुलाई आकर्षित गर्ने गाउँपालिकाको नीति रहेको उपाध्यक्षको भनाइ छ । 

उनले वडा नम्बर ४ र ७ मा भने गाई प्रवद्र्धन कार्यक्रम संचालनको प्रक्रियामा रहेको बताए । यसका लागि गाउँपालिकाले १८ लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको र गाईपालनका लागि छानिएका कृषकले दान, गाई खरिद लगायतमा ५० प्रतिशत अनुदान दिने पालिकाको निर्णय छ । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update