
काठमाडौँ । संघीय सरकारले दिएको सशर्त अनुदानको बजेटबाट पर्साको ठोरी गाउँपालिकाले १ हजार बाख्रा र ३०० वटा भैँसी पाल्ने लक्ष्य निर्धारण गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर थापाका अनुसार संघीय सरकारले दिने सशर्त अनुदानको रकमबाट वडा नम्बर १ मा ३० विघामा धान खेती गराउने लक्ष्य निर्धारण भएको जानकारी दिए ।
यसका लागि कृषक, कृषि फर्म, समूह, सहकारीलगायतले यो स्कीमका लागि निवेदन दिन सक्ने थापाको भनाइ छ ।
उनले गाउँपालिकाले वडा नम्बर ४ र ५ मा १ हजार वटा बाख्रापलानका लागि संघीय सरकारले दिएको अनुदान रकम दिने निर्णय भएको जानकारी दिए ।
यसका लागि सूचनासमेत जारी भइसकेको र चैत महिनाभित्रमा योग्यता पुगेकाले गाउँपालिकामा आवेदन दिइसक्नुपर्ने छ । यो कार्यक्रमसँगै उन्नत र स्थानीय जातका भैँसी पाल्नेले पनि सशर्त अनुदानको रकम पाउने छन् ।
पालिकाले उन्नत जातका १०० वटा र स्थानीय जातका २०ण् वटा भैँस िपालनका लागि पैसा दिने भन्दै कृषक, कृषि फर्म, सहकारी संस्थालगायतलाई पालिकामा सम्पर्कमा आउन भनेको छ ।
भैँसी पाल्न चाहने कृषक र समूहले पनि चैत मसान्तभित्रमा गाउँपालिकामा उपस्थित भएर पालिकाले तोकेको सर्तको अधिनमा रहेर निवेदन दिइसक्नुपर्नेछ ।