Odapalika - The Fourth Estate - चौथो अंग
मधेश प्रदेश सरकारमाथि स्थानीय सरकारको गम्भीर प्रश्न, भन्योः पालिकामा बिचौलिया नपठाउनू 

काठमाडौँ । मधेश प्रदेश सरकारले स्थानीय तहको समन्वय बिनै विकास आयोजना संचालन गर्ने भन्दै बिचौलिया परिचालन गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदेश सरकारमाथि गम्भीर आक्षेप लगाएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै प्रदेश सरकारको बजेटबाट बन्ने आयोजनामा उपमहानगरपालिकासँग समन्वय समेत नगरी अनधिकृत व्यक्तिहरु उपभोक्ता समिति गठन गर्न लागिपरेको आरोप लगाइएको छ । 

संविधान र प्रचलित कानुनले विकास आयोजनाहरु संचालनको जिम्मा स्थानीय सरकारको भए पनि उपमहानगरपालिकाको आधिकारिक च्यानलमा नआइ बिचौलिया प्रयोग गरेर उपभोक्ता समिति गठनका लागि दवाब दिनेलगायतका काम भएको मेयरको गुनासो छ । 

उनले सवै वडाहरुमा उपमहानगरसँग समन्वय नगरी योजना र रकमको प्रलोभन लिएर आउने विचौलियादेखि जोसुकैसम्मलाई पनि वेवास्ता गर्न र समिति गठन गर्न अनुमति नदिन भनिसकेको समेत बताएका छन् । 

यस्तो छ मेयरले मुख्यमन्त्रीलाई लेखेको पत्र 

jitpur-1743067541.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update