Odapalika - The Fourth Estate - चौथो अंग
तीनकुने क्षेत्रको हिंसात्मक प्रदर्शनमा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष संलग्नता, महानगरले तोक्यो जरिमाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रवार काठमाडौँको तीनकुने, सिनामंगल, कोटेश्वर, जडिवुटीलगायतका क्षेत्रमा भएका हिंसात्मक घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ । 

काठमाडौं महानगरपालिकाले ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्दै शुक्रवार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिमाना तोकेको छ ।

विभिन्न ७ वटा पत्र काटेर महानगरले ज्ञानेन्द्रलाई जरिमाना तिर्न भन्दै निर्मल निवासमा पत्र पठाएको छ । महानगरपालिकाले काठमाडौँ महानगरपालिकाभित्र सभा, जुलुसका नाममा फोहोर गर्ने आयोजकलाइ जरिमाना तोक्दै आएको छ । 

राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिमाना तोकेको  छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको समाजवादी मोर्चालाई भने कुनै जरिमामना तोकेको छैन । 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update