
काठमाडौँ। सभा र विरोध प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिको नोक्सान गरेको र फोहोर गरेको भन्दै काठमाडौँ महानगपालिकाले तोकेको जरिमाना तिर्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्वीकार गरका छन् ।
शुक्रवार भएको प्रदर्शनमा फोहोर र सम्पत्ति तोडफोड गरको भन्दै विभिन्न ७ वटामार्फत ज्ञानेन्द्रलाई काठमाडौँ महानगरपालिकाका मेयरका निर्देशनमा ७ लाख ९३ हजार रुप्ेयाँ जरिमाना गराइएको थियो ।
शुक्रवारको मितिमा शनिवार सार्वजनकि गरिउको पत्र लिएर महानगरका नगर प्रहरी ज्ञानेन्द्र निवास निर्मल निवास पुगेपनि उनले पत्र नबुझ्ने भन्दै सुरक्षाकर्मीले गेटबाटै फर्काइदिएका छन् ।
पत्र वुझाउन नपाएपछि महानगरपालिकाले अब हुलाक र इमेलमार्फत ज्ञानेन्द्रको ठेगानामा जरिमाना पत्र बुझाउने बताएको छ ।