
काठमाडौँ । रसुवाको गोसाइकुण्ड गाउँपालिकालेले ५० प्रतिशत अनुदानमा रैथानै बाली प्रवद्र्धनको प्रस्ताव अघि सारेको छ ।
गाउँपालिकाले दोस्रोपटक सार्वजनिक सुचना जारी गर्दै कोदो, फापर, चिनो, कागुनो, उवा, जौँ, लट्टेजस्ता रैथाने बाली लगाउने र यसको ब्राण्डिङ गर्नेलाई ५० प्रतिशत अनुदान दिने भनेको छ ।
यस्तो अनुदान पाउनका लागि कृषक फर्म, कृषक समूह र सहकारी हुनुपर्ने पालिकाको सर्त छ । पालिकाले ५० प्रतिशत अनुदानमा रैथाने बाली चुट्ने मेसिन उपलव्ध गराउने भनिएको छ ।
त्यसैगरी यस्ता बालीको ब्राण्डिङका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीमा पनि ५० प्रतिशत अनुदान दिने र गोठ सुधारका लागि समेत ५० प्रतिशत नै अनुदान दिने भएको छ ।
यो स्कीममा सहभागी हुन चाहने कृषक र कृषक समूहले चैत २३ गतेसम्ममा पालिकामा तोकिएका सर्त पुरा गरेर निवेदन दिनुपर्ने भनिएको छ ।