Odapalika - The Fourth Estate - चौथो अंग
व्यवसायीको पक्षमा महानगरअघि ७२ घन्टा उभिने उभिने भए ‘चमेली समूह’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीविरूद्ध कडा नीति अख्तियार गर्न थालेपछि यसको विरोध गर्दै ‘गरिबको चमेली बोल्दिने  कोही छैन’ अभियानका २ जना युवाले लगातार ३ दिन (७२ घन्टा) महानगरको कार्यालय अघि उभिएर विरोध प्रर्दशन सुरु गरेका छन् । 

व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । 

उनीहरु आज (मंगलबार) १ बजेदेखि ७७ घन्टासम्म उभिएर विरोध गर्ने भन्दै अभियान सुरु गरेका छन् । 

काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ‘गरिबको चमेली बोल्दिने  कोही छैन’ अभियान चलाइरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update