Odapalika - The Fourth Estate - चौथो अंग
सडक किनारका असरल्ल तार व्यवस्थापनमा जुट्यो बुढानीलकण्ठ नगरपालिका 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले विजुलीको पोलमा असरल्ल टाँगिएका तारको व्यवस्थापन थालेको छ । 

अव्यवस्थित रुपमा राखिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र विपदको जोखिम बढेको भन्दै  नगरपालिकाको पहलमा आजबाट टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापन सुरु भएको हो । 

अभियानको पहिलो चरणमा बूढानीलकण्ठ मन्दिरदेखि  काठमाडौँ महानगरको सिमाना क्षेत्र वाँसबारी न्युरो अस्पताल गेटसम्मको मुख्य सडकका तार हटाइने नगरपालिका प्रमुख मिठाराम अधिकारीले बताए ।

tar31695118752.jpg

नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच गत २१ भदौमा २ असोजाट अभियानका रुपमा तर व्यवस्थापन थाल्ने सहमति भएको थियो । 

अभियानमा तार व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ, नेपाल प्रहरी र नगर प्रहरी सहभागी छन् ।

tar 11695118750.jpg

तार काट्ने तथा व्यवस्थापन गर्न खटिएका कर्मचारीहरुलाई आवश्यक सुरक्षा उपकरण, औजार तथा नगरपालिकाको नाम र लोगो राखिएको टिसर्ट समेत प्रदान गरिएको छ ।

अभियानको दोस्रो चरणमा वडा नं नगरका ५ वटा वडाहरुमा असरल्ल तार व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । 

tar1695118750.jpg

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update