Odapalika - The Fourth Estate - चौथो अंग
मधेश र कर्णालीको मौसम सफा हुँदा अन्य ५ प्रदेशको यस्तो छ अवस्था 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि  सामान्य  बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ । 

आज दिउँसो देश भर आंशिक देखि  सामान्य  बदली  रहनेछ । साथै कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानसहित बाँकी  प्रदेशका  थोरै  स्थानमा समेत  मेघ  गर्जनसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  विभागले उल्लेख गरेको छ । 

यस्तै आज राति देशभर  आंशिक देखि  सामान्य  बदली  रही कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण विभागले गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update