Odapalika - The Fourth Estate - चौथो अंग
पाणिनि गाउँपालिकाका पाहुना ७५३ स्थानीय सरकार, के हुँदैछ संस्कृत व्याकरणका पिताको भूमिमा ? 

काठमाडौँ । देशभरका ७५३ वटै स्थानयि सरकार र ७ वटै प्रदेश सरकारलाई अतिथिका रुपमा निम्त्याएर अर्घाखाँचीको पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले पाणिनि महोत्सव गर्ने भएका छन् । 

पाणिनि तपोभूमिका चैत २७ र २८ गते हुने सम्मेलनमा यी दुई स्थानीय तहले देशभरका सबै तहका सरकार प्रमुखहरुलाई कार्यक्रममा निम्ता गरेको जनाएको छ । धेरैजसो पालिकाका प्रमुखहरुले कार्यक्रममा आउने बाचा गरेको आयोजकको भनाइ छ । 

पाणिनि तपोभूमिलाई ऐतिहासिक धार्मिक अभिलेखकिरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार, योग केन्द्रको स्थापना तथा प्राकृतिक सांस्कृतिक संरक्षणका लागि महोत्सव गर्न लागेको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत रोमनाथ न्यौपानेले जानकारी दिए । 

पाणिनि महर्षि एवं सन्त महन्तहरुको तपोभूमिका रुपमा परिचित छ । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिले भगवान शिवको आरधना र तपस्या गर्दा शिव भगवान प्रकट भएर डमरु बजाउँदै पाणिनि ऋषिलाई वरदानस्वरुप १४ सुत्रहरु डमरुको धुनमा प्दान गरेको तपस्थलका रुपमा पाणिनि तपोभूमिलाई लिइन्छ । यसको प्रचारका लागि २ वटा पालिकाहरु जुटेका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update