
काठमाडौँ । धनुषाको विदेह नगरपालिकाको बहुआयामिक योजना अन्तर्गत वडा नं ९ मा निर्माण हुन लागेको ५६ वटा मुसहर परिवारका घरहरूको निर्माण कार्यको सिलान्यास भएको छ ।
मेयर बेचन दासले मुसहरका लागि बन्न लागेका घरहरुको शिलान्यास गरेका छन् । समाजका पछाडि पारिएका र सीमान्तकृत वर्गको जीवनस्तर उकास्नका लागि नगरपालिकाले वबनाएका विभिन्न योजनामध्ये आवास निर्माण पनि एक भएको उनको भनाइ छ ।
सिलान्यास कार्यक्रममा वडा अध्यक्ष, नगरपालिकाका अन्य जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा लाभग्राही परिवारहरूको उपस्थिति थियो
नगर प्रमुख दासले मुसहर समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नगरपालिकाले प्रतिबद्धताका साथ विभिन्न योजना अघि बढाइरहेको जानकारी दिए ।